बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न

बुटवल : इन्फोडेभलपर्स प्रालि, अंकुर इन्फोटेक र जिल्ला सहकारी संघ रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा ‘डिजिटल सचेतना तथा सहकारी भेटघाट-२०२५’ सम्पन्न भएको छ।

सहकारी क्षेत्रका सञ्चालक तथा व्यवस्थापकलाई साइबर सुरक्षा, डिजिटलाइजेसनको महत्त्व र सुरक्षित प्रविधि प्रयोगबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक रमेश आचार्यले पारदर्शिता र मितव्ययिताका लागि प्रविधि अपरिहार्य रहेको भन्दै साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

यस्तै, इन्फोडेभलपर्सका सीईओ प्रजय नेपालले सहकारीको डिजिटल रूपान्तरण आजको आवश्यकता भएको बताउँदै डाटा सुरक्षा र प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिए।

उनले इन्फोडेभलपर्सले विगत २४ वर्षदेखि नेपाल सरकार, बैंक तथा वित्तीय संस्था र १ हजार २ सयभन्दा बढी सहकारीलाई सेवा दिइरहेको जानकारी गराए।

कार्यक्रममा लामो समयदेखि सेवा लिइरहेका २१ वटा सहकारी संस्थालाई सम्मान गरिएको थियो। विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा ४ सयभन्दा बढी सहकारीकर्मीको सहभागिता थियो।

पुष १४, २०८२ सोमबार ११:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।