चितवनको भरतपुरमा विद्युत्को पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका-९ काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ करिब ६ बजे काँडाघारीबाट बसन्तचोक तर्फ जाँदै गरेको बा ९५ प ९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत्को पोलमा ठोक्किएको थियो।
दुर्घटनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० घर भई हाल भरतपुर-९ शरदपुर बस्ने ३९ वर्षीय रुद्र गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाएका गुरुङको अनुहारमा गम्भीर चोट लागेको थियो।
घाइते गुरुङलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार राति ११ बजे उनको मृत्यु भएको हो।
दुर्घटना लगत्तै प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लिएको छ।
पुष १४, २०८२ सोमबार ०९:१९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।