नेप्सेमा ४७ अंकको वृद्धि, कारोबार साढे ५ अर्ब नाघ्यो

नेप्सेमा ४७ अंकको वृद्धि, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं :  साताको पहिलो दिन आइतबार नेप्से सूचक १.८४ प्रतिशत (४७.५५ अंक) ले बढेको छ। आइतबार बजार खुल्दा २५८५.८७ अंकमा रहेको नेप्से कारोबारको अन्त्यसम्म आइपुग्दा २६३३.४२ अंक मा बन्द भएको हो। 

बजार सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ, जसलाई प्राविधिक विश्लेषणका आधारमा आगामी दिनमा बजार थप बढ्ने संकेतका रूपमा लिइएको छ। आइतबार ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ (गत बुधवार ३.१९ अर्ब) कारोबार भयो। 

कुल कारोबार संख्या ८९,२५९ र ३ सय २८ कम्पनीको १ करोड ३४ लाख कित्ता कारोबार भयो। आइतबार कारोबार भएकामध्ये २३८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। अधिकांश सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरिरहेको समयमा राजनीतिक सकारात्मकता थपिँदा बजारले गति लिएको हो।

मिडिल सोलु हाइड्रोपावरको ९.४९ प्रतिशत बढ्यो। यसैगरि विन नेपाल लघुवित्तको सबैभन्दा धेरै १० प्रतिशत घट्यो।

पुष १३, २०८२ आइतबार १६:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।