समानुपातिक उम्मेदवारको सूची टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

समानुपातिक उम्मेदवारको सूची टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं : एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आइतबार बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

बैठकको मुख्य एजेण्डा फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीलाई अन्तिम रूप दिनु रहेको छ। निर्वाचन आयोगले पुस १३ र १४ गते कार्यालय समयभित्र उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा तोकेको छ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिक सूचीका साथै पार्टी कार्यालय व्यवस्थापन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। 

यसैगरी, बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरूबीच भएको छलफल र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ।

महाधिवेशनपछि पहिलो पटक बस्न लागेको यो सचिवालय बैठकलाई निर्वाचनको रणनीतिक तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। 

पुष १३, २०८२ आइतबार ०८:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।