फागुन २१ मा निर्वाचन भए १ करोड ८९ लाखले मतदान गर्न सक्ने

फागुन २१ मा निर्वाचन भए १ करोड ८९ लाखले मतदान गर्न सक्ने

काठमाडौं : फागुन २१ मा निर्वाचन भएमा एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले फागुन २१ सम्ममा १८ वर्ष पुरा भएका मतदातासहितको अन्तिम नामावली सार्वजनिक गर्दा ९६ लाख ६३ हजार ३ सय ५८ पुरूष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सय गरेर मतदाता १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेका हुन्।

निर्वाचन आयोगका अनुसार आफ्नो नाम मतदाता सूचीमा छ या छैन भनेर सहजै आयोगको वेभसाइटमा हेर्न सकिन्छ। सबै नामावली अपडेट भइसकेको छ।

२०७९ को निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए। यस पटक ९ लाख १५ हजार १ सय १९ मतदाता बढेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जानकारी दिएको छ।

पुष १२, २०८२ शनिबार २३:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।