पिएचडी गर्न दुबई पुगेका बिश्वजीत ठगिएपछि खुलेको जालो । EDUCATION FRAUD ।

युनाइटेड अरब इमिरेट्स (यूएई), दुबईमा विश्वविद्यालयमा अध्ययन गर्ने सपना बोकेर गएका सयौं नेपाली विद्यार्थीहरू ठगीमा परे। विश्वविद्यालय भनेर पठाइएका विद्यार्थीहरू अन्ततः सामान्य तालिम केन्द्रमा पुगेर अलपत्र परेपछि ठगीको यो धन्दा पर्दाफास भयो। त्यहीमध्येका एक हुन् पीएचडी गर्न २०२५ को जनवरीमा शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर दुबई पुगेका बिश्वजीत कुमार यादव।

उनी त्यहाँ पुगेको एक हप्तामै आफू ठगिएको चाल पाए। त्यसपछि उनी नेपाल फर्किएर ठगीको जालो उदांगो बनाउन लागेका छन्। आखिर को-को संलग्न छन् यो जालोमा ? उकेराकर्मी मोनिका वाइबाले उनै यादवसँग गरेको एक्सक्लुसिभ कुराकानी।

फागुन १६, २०८२ शनिबार १३:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।