जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा : जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।

गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए। 

पुस १० गते अचानक बेहोस भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ। जबरजस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए।

पुष १२, २०८२ शनिबार १६:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।