एन आई सी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

काठमाडौं : एन आई सी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

यो सुविधाअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले होटल ले हिमालय, इला होटल्स एण्ड रिसोर्ट्स​​​​​​​, ​इला कम्फर्ट, द लेकसाइड रिसोर्ट, सेक एण्ड फेंग रेष्टुरेन्ट, मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा छुट प्राप्त गर्नेछन्।

यस सहकार्यले ग्राहकलाई सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारमा प्रोत्साहन मिल्ने बैंकले जनाएको छ।

पुष १२, २०८२ शनिबार १२:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।