नामीको शोरुममा ‘सहारा’का बालबालिका

नामीको शोरुममा ‘सहारा’का बालबालिका

काठमाडौं : नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड ‘नामी’ ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाहरूलाई आफ्नो शोरुम भ्रमण गराएको छ।

डिसेम्बर २६ मा आयोजित यस कार्यक्रमको उद्देश्य बालबालिकाहरूलाई खुसी र स्मरणीय अनुभव प्रदान गर्नु थियो।

नामीले बालबालिकाहरूलाई उनीहरूको आश्रयस्थलबाटै ल्याएर शोरुमको अवलोकन गराउनुका साथै जलपान र उपहार वितरण गरेको थियो।

कार्यक्रममा बालबालिकाहरूले सान्टा क्लजसँग भेटेर मनोरञ्जन लिनुका साथै नामीको टोलीसँग अन्तरक्रिया गरेका थिए।

साना प्रयासले पनि बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्न सकिने विश्वासका साथ नामीले भविष्यमा पनि यस्ता समुदाय केन्द्रित गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पुष १२, २०८२ शनिबार ११:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।