प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन
काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ। नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ।
गृहका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराज प्रसाईंलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङ र मदन कोइरालालाई कञ्चनपुरको प्रजिअमा पदस्थापन गरिएको छ।
पर्वतका प्रजिअ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका प्रजिअ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका प्रजिअ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका प्रजिअ लक्ष्मण ढकाललाई इलाम र प्यूठानका प्रजिअ दीपकराज नेपाललाई नवलपरासी पश्चिममको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
तेह्रथुमका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ। गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको प्रजिअ र बन्दना राईलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ।
पुष ११, २०८२ शुक्रबार १८:५३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।