प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिर जमानीमा रिहा
काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन जमानीमा रिहा भएका छन्।
अनुसन्धानका लागि म्याद थपका लागि लगिएका उनलाई सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोड्ने आदेश दिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि चिरायु अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि म्याद थप्न सरकारी वकिलकोमा लगेको थियो।
अनुसन्धानका लागि थुनामा रहेकालाई अनुसन्धान अधिकारीले चाहेमा हाजिर जमानीमा छाड्न सक्ने कानुनी प्रावधान छ। उनी मंसिर १४ मा बैंकिङ कसुरमा पक्राउ परेका परेका थिए।
बयान लगायतका प्रक्रिया सकिएको र स्वास्थ्य समस्याका कारण अस्पतालमा रहेको भन्दै हाजिर जमानीमा छाड्न आदेश दिएको हो।
पुष ११, २०८२ शुक्रबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।