सरकारी संवाद टोलीसँग देउवाले भने : कांग्रेस निर्वाचनको तयारीमा जुटिसक्यो

सरकारी संवाद टोलीसँग देउवाले भने : कांग्रेस निर्वाचनको तयारीमा जुटिसक्यो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शुक्रबार आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए। 

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए।

पुष ११, २०८२ शुक्रबार १४:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।