नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पौष २५ गते निर्वाचन हुने

नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पौष २५ गते निर्वाचन हुने

ललितपुर : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका १,५४८ सदस्यमध्ये १,४८३ जनाको ऐतिहासिक उपस्थितिका बीच सम्पन्न सभाले संस्थाको नयाँ कार्यसमिति चयनका लागि २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन र समन्वयमा भएको यस सभाले संस्थागत नीति, संरचना र रणनीतिक मार्गचित्रबारे छलफल गर्दै विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

साथै, महासंघको औचित्यमाथि छलफल गर्दै प्रचलित कानूनबमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पनि पारित भएको छ।

सभामा सदस्यहरूको उत्साहजनक सहभागिताले संस्थाप्रतिको एकता र विश्वासलाई पुष्टि गरेको नाडाले जनाएको छ। साथै, संस्थाले आगामी दिनमा कानूनी मापदण्ड पालना गर्दै पारदर्शी र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेको छ।

पुष ११, २०८२ शुक्रबार १०:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।