आगामी संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाशको घोषणा

आगामी संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाशको घोषणा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरे। शर्मा झापा-१ बाट प्रतिनिधि सभाका सदस्यका लागि सर्वसम्मत सिफारिसमा परेका छन्। यस अगाडि पनि उनले सोही क्षेत्रबाट पहिलो पटक जितेका थिए।

बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एकाएक आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेको एक नेताले उकेरालाई जानकारी दिए। उनले आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिँदै उम्मेदवार नबन्ने घोषणा गरे पनि विस्तृत कारण भने खुलाएका छैनन्। यस अगाडि पार्टीमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद चर्कँदा पार्टीका अर्का महामन्त्री गगन थापासँगै विश्वले पनि निर्वाचन अगाडि पार्टीको महाधिवेशन नभए आफूहरू निर्वाचनमा उम्मेदवार नबन्ने चेतावनी दिएका थिए।

लामो विवादपछि पुस अन्तिममा पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भए पनि महाधिवेशन हुने सम्भावना घट्दै गएको बेलामा बिहीबार थापाले एकाएक यस्तो घोषणा गर्दा पार्टीभित्र आन्तरिक दबाब बढाउने छ।

पुष १०, २०८२ बिहीबार १८:०६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।