रमेश लेखक सोमबार बयान दिन आयोग जाने

रमेश लेखक सोमबार बयान दिन आयोग जाने

काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयानका लागि जाने भएका छन्। आयोगले बयानका लागि पत्र पठाएपछि उनी पार्टीमा परामर्शमा थिए। पार्टीबाट बयानमा जानुपर्ने सुझाव आएपछि उनी आयोग कार्यालयमा बयान दिन जान तयार भएका हुन्।

कांग्रेस पार्टी कार्यालयमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले बिहीबार आगामी सोमबार आयोगमा बयान दिन जाने निर्णय गरेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर आयोगमा बयान दिन जान अस्वीकार गरिरहेका छन् भने उनले लेखकलाई पनि बयान दिन नजान  सुझाव दिएका थिए।

भदौ २३ मा लेखक गृहमन्त्री थिए। नयाँबानेश्वरमा भएको प्रदर्शन संसद् भवन केन्द्रित भएपछि गोली चल्दा एकै दिन १९ जना मारिएका थिए। जेनजी आन्दोलनमा मारिनेको संख्या ४५ पुगेको थियो। २३ गतेको घटनापछि लेखकले नैतिक जिम्मेवारीलिँदै सोही दिन बेलुका गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। 

पुष १०, २०८२ बिहीबार १७:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।