आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली

काठमाडौं : नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार आज देशका विभिन्न भागमा आंशिक बदली र तराईमा हुस्सु लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका तराई भू-भागमा हुस्सु तथा कुहिरो लाग्नेछ। पहाडी क्षेत्रतर्फ कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ।

यी बाहेकका अन्य पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति पनि तराईका भू-भागमा हुस्सु कायमै रहनेछ।

राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने विभागले जनाएको छ।

तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सकिन्छ।

पुष १०, २०८२ बिहीबार ०८:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।