काठमाडौंमा पुस ११ देखि ‘कस्मेटिका २०२५’ मेला हुने

काठमाडौंमा पुस ११ देखि ‘कस्मेटिका २०२५’ मेला हुने

काठमाडौं : नेपालको कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११, १२ र १३ गते काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘कस्मेटिका २०२५’ मेला आयोजना हुने भएको छ।

हाउस अफ राजकर्निकारको आयोजनामा हुन लागेको यस वृहत ट्रेड शोमा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। मेलामा सौन्दर्य क्षेत्रका ब्रान्ड, उत्पादक, वितरक र व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको छ।

मेलामा कस्मेटिक ब्रान्ड, स्किनकेयर, हेयरकेयर, ब्युटी स्कुल, र कस्मेटिक क्लिनिक लगायतका प्रदर्शकहरूको सहभागिता रहनेछ।

कार्यक्रममा सौन्दर्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिलाहरूलाई ‘हल अफ फेम’ बाट सम्मान गरिनेछ। साथै, लाइभ मेकअप र हेयर स्टाइलिङ डेमो, निःशुल्क ट्रायल, छाला तथा कपाल सम्बन्धी कार्यशाला र विज्ञहरूसँग प्रत्यक्ष परामर्शका कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।

नेपालमा वार्षिक २० देखि २५ प्रतिशतका दरले विस्तार भइरहेको कस्मेटिक्स बजार हाल करिब २३.६ अर्ब रुपैयाँ बराबरको रहेको छ। यस बढ्दो बजारमा स्वदेशी तथा विदेशी ब्रान्डहरूको पहुँच पुर्याउन र नयाँ प्रविधिबारे जानकारी दिन यो एक्स्पो महत्वपूर्ण हुने आयोजकको विश्वास छ।

पुष ९, २०८२ बुधबार ०८:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।