तत्कालीन गृहसचिव, आइजिपी र प्रजिअको भ्रमण फुकुवा
काठमाडौं : भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले तीन तत्कालीन समयमा सुरक्षा र प्रशासनिक निकायको नेतृत्व सम्हालेका अधिकारीहरूमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगले मंगलबार तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण र उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गरिएको हो।
आयोगले उक्त घटनाको छानबिनका सिलसिलामा अनुसन्धानको दायरामा रहेका उनीहरूलाई आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छोड्न र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।
आयोगका उपसचिव कमल प्रसाद पाण्डेद्वारा हस्ताक्षरित पत्रमा पूर्व निर्णय बमोजिमका कार्यहरू सम्पन्न भइसकेकाले पुस ७ गतेको निर्णयअनुसार उनीहरूको भ्रमण फुकुवा गरिएको उल्लेख छ।
पुष ८, २०८२ मंगलबार १६:४४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।