पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा सासू र नन्द पक्राउ
सिन्धुली : पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासू र नन्द पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो।
अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन्। घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौं पठाइएको छ।
अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ। घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।
पुष ८, २०८२ मंगलबार १५:४७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।