मुलुकलाई निकास दिन यादवको सुझाव : संविधानको पुनर्लेखन गरौं
सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन्।
सोमबार यहाँ आयोजित कार्यक्रममा उनले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताए।
यादवले भने, 'संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने छ। संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन्। त्यसैले हाम्रो आग्रह छ, फेरि समस्या नआउने गरी संविधानमा सुधारका काम गरौं।'
पुष ७, २०८२ सोमबार २२:२४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।