कोलम्बियामा सुरक्षा सङ्कट : १८ सैनिक छापामार समूहको कब्जामा

कोलम्बियामा सुरक्षा सङ्कट : १८ सैनिक छापामार समूहको कब्जामा

एजेन्सी : इएलएन छापामार समूह विरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई अपहरण गरिएको रक्षामन्त्री पेड्रो सान्चेजले बताएका छन्।

पनामाको सीमा नजिकै देशको उत्तर पश्चिममा रहेको चोको विभागमा सैनिकहरूलाई लगभग २०० जनाले घेरी उनीहरूको इच्छा विपरीत जबरजस्ती आदिवासी आरक्षणमा सारिएको सान्चेजले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन्।

सन् १९६४ मा स्थापित र क्युबाली क्रान्तिबाट प्रेरित, इएलएन, वा राष्ट्रिय मुक्ति सेना, अमेरिकाको सबैभन्दा पुरानो जीवित छापामार समूह हो। समूहले कोलम्बियाका प्रमुख लागु औषध उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गर्दछ, जुन पछिल्लो समयमा सबै भन्दा खराब सुरक्षा सङ्कटसँग जुझिरहेको जनाइएको छ।

रक्षामन्त्रीले सेनाको अपहरणको निन्दा गर्दै सैन्य कारबाहीमा प्रतिबन्धले स्थानीय समुदायलाई 'गम्भीर जोखिममा' पारेको बताए। अपरेसनहरूको उद्देश्य नागरिक र विशेष गरी आदिवासी समुदाय- नाबालिगहरूको भर्ती, जबरजस्ती विस्थापन र हिंसासँग सम्बन्धित अन्य कार्यहरूको खतराहरूबाट जोगाउनु रहेको सान्चेजले उल्लेख गरेका छन्।

सैनिकहरूलाई अपहरण गरेर वा राज्यलाई कमजोर पार्दै शान्ति निर्माण नहुने उनले बताए। सान्चेजले आन्तरिक मन्त्रालय, सरकार र मानव अधिकार संस्थाहरूलाई सैनिकहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको बताए। महान्यायाधिवक्ताको कार्यालयमा आपराधिक उजुरी पनि दर्ता गरिएको छ।

चोकोकी गभर्नर नुबिया कोर्डोबाले कानुनी कर्तव्य पालन गरिरहेका १८ जना सैनिकलाई हिरासतमा लिएपछि उनीहरूको रिहाइका लागि सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको जनाइएको छ। गत सेप्टेम्बरमा, ७२ जना सैनिकहरूलाई मिके क्यानियनमा सयौं बासिन्दाहरूले हिरासतमा लिएका थिए।

एक महिना अघि, ३३ जना वर्दीधारी कर्मचारीहरूलाई ग्वाभियरको विभागमा तीन दिन सम्म बन्दी बनाएर रिहा गरिएको थियो। 

पुष ७, २०८२ सोमबार १८:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।