सोमबार ०७ पुस, २०८२
देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि सहभागी थिए। यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।
पुष ७, २०८२ सोमबार १६:३८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।