नेपालको पहिलो राष्ट्रिय व्यवसाय खोज मञ्च ‘फाउन्डर्स नेपाल’ सार्वजनिक
काठमाडौं : नेपालका सानादेखि ठूला सबै प्रकारका व्यवसायहरूलाई एउटै डिजिटल छातामुनि ल्याउने उद्देश्यका साथ नेपालको पहिलो राष्ट्रिय व्यवसाय खोज मञ्च ‘फाउन्डर्स नेपाल’ सार्वजनिक भएको छ।
एभरेस्ट इन्जिनियरिङ कलेजका भुवन प्रसाद जोशीले यो प्लेटफर्मको सुरुवात गरेका हुन्।
फेसबुक, इन्स्टाग्राम र लिंक्डइन जस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्दा पनि सही ग्राहकसम्म पुग्न नसकिरहेको व्यवसायीहरूको समस्यालाई समाधान गर्न यो प्लेटफर्म ल्याइएको हो।
यसले केवल सूचीकरण मात्र नभई व्यवसाय वृद्धिको प्लेटफर्मको रूपमा काम गर्नेछ।
रेस्टुरेन्ट, फेसन, टेक स्टार्टअप, कृषि उत्पादनदेखि थोक र खुद्रा व्यवसायसम्म सबै समेटिने यसमा ग्राहकहरूले व्यवसायलाई ‘अपभोट’ र समीक्षा गर्न सक्नेछन्।
लगानीकर्ताहरूले सक्रिय र राम्रो गरिरहेका व्यवसायहरू खोज्न र सम्पर्क गर्न सक्ने फाउन्डर्स नेपालमा काठमाडौंका मात्र नभई पोखरा, बुटवल, जुम्ला लगायत देशभरका व्यवसायले समान अवसर पाउनेछन्। ग्रामीण उत्पादनले राष्ट्रिय बजार पाउनेछ।
यो मञ्चमा व्यवसाय दर्ता गर्न निकै सरल छ र २ मिनेटमै प्रोफाइल बनाउन सकिन्छ। प्लेटफर्मले बिटा परीक्षणका क्रममा नै उत्कृष्ट नतिजा देखाइसकेको छ, जहाँ नयाँ क्याफे र बुटिकहरूले उल्लेख्य ग्राहक र अनलाइन अर्डर प्राप्त गरेका थिए।
यो समाचार वा पत्रिका पढेर आउने पहिलो १०० व्यवसायहरूलाई निःशुल्क प्रिमियम सुविधा (प्रमाणित ब्याज, होमपेजमा फिचर, र उन्नत विश्लेषण) प्रदान गरिने घोषणा गरिएको छ।
व्यवसायीहरूले फाउन्डर्सनेपाल डटकममा गई आफ्नो व्यवसाय दर्ता गर्न सक्नेछन्।
पुष ७, २०८२ सोमबार ०९:२८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।