लक्ष्मी ग्रुपद्वारा ५२औँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक कार्य सम्पन्न

लक्ष्मी ग्रुपद्वारा ५२औँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक कार्य सम्पन्न

काठमाडौं : सन् १९७३ मा एउटा सानो मिठाई पसलबाट सुरु भएको लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२ वर्ष पूरा गरेको छ।

हाल अटोमोबाइल, इलेक्ट्रोनिक्स, स्टिल लगायतका क्षेत्रमा फैलिएको यो व्यावसायिक घरानाले दुई हजारभन्दा बढीलाई रोजगारी दिँदै आएको छ।

वार्षिकोत्सवको अवसरमा ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर रक्तदान कार्यक्रम, धापाखेलस्थित ’सेरेब्रल पाल्सी’ समूहलाई शैक्षिक सामग्री सहयोग र भाटभटेनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

व्यावसायिक वृद्धिसँगै सामाजिक हितमा पनि प्रतिबद्ध रहने ग्रुपले जनाएको छ।

पुष ७, २०८२ सोमबार ०९:२१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।