चीनको अर्को फड्को : नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

चीनको अर्को फड्को : नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

एजेन्सी : चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

उक्त उपग्रहलाई बेइजिङ समयअनुसार साँझ साढे ८ बजे लङ मार्च-५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो। प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ।

यो उपग्रह मुख्यतः बहु-ब्यान्ड तथा उच्च-गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरण कार्यका लागि प्रयोग गरिनेछ। यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिसन पूरा गरेको छ।

पुष ६, २०८२ आइतबार १२:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।