पुराना पात्र र प्रवृत्तिविरुद्ध बोल्दा रविमाथि प्रतिशोध साँधियो : वाग्ले
बागलुङ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन्।
बिहीबार यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृत्तिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उनले बताएका हुन्। वाग्लेले भने, 'रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ।'
युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन बाध्य पारिएको उनको भनाइ छ। रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पुँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
पुष ४, २०८२ शुक्रबार २१:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।