‘पिआर’ ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा पनि
काठमाडौं : गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण हुने भएको छ। बिहीबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो।
निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो। निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो।
‘सबै ठाउँमा फिल्म हल छैन। कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’ निर्देशक बस्नेतले भने, ‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत फिल्म प्रसारण गर्न लागेका हौं।’
नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको समपना स्थायी आवासीय पत्र (पिआर)प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई फिल्मले बोल्छ। यस फिल्मको अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ। सन्तान विदेशमा रहेका अभिभावकहरुले फिल्म हेरेपछि आफ्ना सन्तानको अवस्थाबारे जान्ने मौका पाउने निर्देशक शोभित बस्नेतको भनाई छ।
पुष ४, २०८२ शुक्रबार १५:३५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।