बंगलादेशमा पत्रकारको गोली हानी हत्या

बंगलादेशमा पत्रकारको गोली हानी हत्या

एजेन्सी : बंगलादेशको खुलनामा इम्दादुल हक मिलन नामक पत्रकारको गोली हानी हत्या गरिएको छ।

घटनामा अर्का एक व्यक्ति घाइते भएको र उनलाई अस्पताल भर्ना गरिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अरंगघाटा प्रहरी चौकीका प्रमुख (ओसी) शाहजहान अहमदले पत्रकारहरूलाई बताएअनुसार घटना बिहीबार राति ९:३० बजेतिर भएको थियो।

मिलन शालुआ प्रेस क्लबका अध्यक्ष थिए। आक्रमणको समयमा मिलन शालुआ बजारको चिया पसलमा बसेर चिया पिइरहेका थिए।

त्यही बेला अचानक दुई मोटरसाइकलमा आएका चार जना मानिस देखा परे र उनीमाथि गोली प्रहार गरे र भागे।

घटनापछि नजिकै उपस्थित मानिसहरूले उनलाई मेडिकल कलेज अस्पताल लगे, जहाँ डाक्टरहरूले मिलोनलाई मृत घोषित गरे। प्रहरीले आक्रमण गर्ने व्यक्तिको पहिचान गर्न सकेको छैन।

पुष ४, २०८२ शुक्रबार १२:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।