तेस्रो पटक अध्यक्ष भएपछि ओलीको हुंकार :  एमालेको नेता छोए देश ठप्प पार्न निर्देशन

तेस्रो पटक अध्यक्ष भएपछि ओलीको हुंकार :  एमालेको नेता छोए देश ठप्प पार्न निर्देशन

काठमाडौं : एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र गरी 'जाली मुद्दा' लगाउन खोजिए देशभर प्रतिवाद गर्न र देश ठप्प पार्न निर्देशन दिए। एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।

ओलीले पञ्चायतकालमा जस्तै गरी एमाले नेतृत्वलाई फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै भने "एमाले नेतृत्वलाई छोएमा देश ठप्प हुनुपर्छ, त्यो कदम निकै महँगो पर्नेछ," उनले राज्य संयन्त्रको भर नपरी आफ्नै खुट्टामा उभिएर प्रतिकार गर्न समेत कार्यकर्तालाई निर्देशन दिए।

टोल-टोलमा सुरक्षा समिति गठनको आदेश

अहिलेको 'अराजकता' र 'जेनजी'का नाममा धम्की आउनसक्ने भन्दै त्यसलाई रोक्न ओलीले आफ्नो सुरक्षा आफैँ गर्न सुरक्षा दस्ता बनाउन निर्देशन दिए। उनले भदौ २४ गते आफूहरूमाथि धोका भएको दाबी समेत गरे।

उनले भने "धोका हुन सक्छ, आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ। एक हप्ताभित्र टोल-टोलमा सुरक्षा समिति गठन गर्नुहोस्।"

उनले महाधिवेशनबाट नेताहरूको उचित मूल्याङ्कन हुन नसकेको दाबी समेत गरे। केही अफवाह र भ्रमले चुनावी परिणाममा असर गरेको हुनसक्ने उनको टिप्पणी थियो।आफूलाई नेतृत्वबाट विस्थापित गर्न खोज्ने शक्तिहरूलाई महाधिवेशन प्रतिनिधिले जवाफ दिएको ओलीको तर्क छ।

'केपी ओली बिनाको एमाले' बनाउने चाहना ध्वस्त'

आफूलाई नेतृत्वबाट विस्थापित गर्न खोज्ने शक्तिहरूलाई महाधिवेशन प्रतिनिधिले जवाफ दिएको ओलीको तर्क छ।

"केपी ओली बिनाको एमाले बनाउने प्रतिक्रियावादीहरूको चेष्टालाई तपाईँहरूले ध्वस्त पारिदिनुभएको छ," उनले भने।

अध्यक्ष ओलीले वर्तमान सरकार र प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै निर्वाचन गराउन नसके 'मार्ग प्रशस्त' गर्न भने। उनले सके निर्वाचनको तयारी गर्ने, नसके बाटो लाग्न भने।

उनीसहित प्यानलका अधिकांश उम्मेदवार जिते पनि उनी निकट केही नेताहरू पराजित भए। उपाध्यक्ष र उपमहासचिवमा ईश्वर पोखरेल प्यानलका उम्मेदवारले जिते। उनी निकट विष्णु रिमाल उपमहासचिवसँगै केन्द्रीय सदस्यमा समेत पराजित भए।

उनले महाधिवेशनबाट नेताहरूको उचित मूल्याङ्कन हुन नसकेको दाबी समेत गरे। केही अफवाह र भ्रमले चुनावी परिणाममा असर गरेको हुनसक्ने उनको टिप्पणी थियो।

पुष ३, २०८२ बिहीबार १९:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।