एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ (सूचीसहित)
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको थियो।
बिहीबार पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा र निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै महाधिवेशन औपचारिक रूपमा समापन भएको हो। महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिमा अध्यक्ष ओली प्यानलको वर्चस्व छ।
महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ। अध्यक्ष पदमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा भएको थियो। यस्तै, महाधिवेशनबाट २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी एवं सदस्यहरू पनि निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यस लगत्तै अध्यक्ष ओलीले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका छन्। एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :
https://ukeraa.prixacdn.net/media/attachments/2025/12/18/uml-center.pdf
पुष ३, २०८२ बिहीबार १८:४५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।