जित्दा पनि ओलीलाई धक्का
काठमाडौं : तेस्रो कार्यकालका लागि केपी ओली अध्यक्षमा निर्वाचित भए पनि सबैभन्दा निकट विष्णु रिमाल उपमहासचिवमा मात्रै हैन केन्द्रीय सदस्यमा समेत हारे।
पार्टी र सत्तामा सधैँ केपी ओलीको मुख्य सहयोगी रहँदै आएका रिमाल पार्टी पङ्क्ति भित्र र बाहिर आलोचित रहँदै आएका थिए। केपी ओलीको सदाशयतामा पार्टीमा भाग पाउँदै आएका उनी ११ औँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिव र केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए।
उपमहासचिवमा ओली गुटका अन्यले सहजै जिते। ईश्वर पोखरेल समूहबाट योगेश भट्टराईले जित्दा रिमाल भने बाहिरिए। उपमहासचिवमा उनले १०९१ मत पाएका थिए।
केन्द्रीय सदस्यमा त झन् बिजोग भयो। उनले केन्द्रीय सदस्यमा जम्मा ६३० मत मात्र पाए। पदाधिकारीमा ओली समूहका दुई जना उम्मेदवार मात्र पराजित भए। उपाध्यक्षमा पोखरेल प्यानलका गोकर्ण विष्टले जिते।सचिवमा एकलौटी ओली प्यानलका उम्मेदवारले जिते।
पुष ३, २०८२ बिहीबार १६:१४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।