आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल

आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल

काठमाडौं : एमाले उपाध्यक्षमा निर्वाचित विष्णु पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी विभाजन नहुने बताएका छन्। महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले पार्टीले आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्दै आएको बताए।

उनले भने, ‘महाधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गर्छौं। यो लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक जीवन कसरी हुन्छ भन्ने प्रश्न उठ्ला। मुलुकको लोकतन्त्रको च्याम्पियन हौं भन्ने पनि यसले बताउँछ। पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ। लोकतान्त्रिक अधिकारमा सङ्कुचन आएको छ। लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा राजनीतिक परिस्थिति अनुकूल निर्माण गर्नका लागि हामी अगाडि बढ्छौं।’

एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पौडेलले पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा सङ्कुचन आएको बताए। उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पुष ३, २०८२ बिहीबार १५:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।