११ सय ३९ मत गन्दा विष्णु पौडेल र पृथ्वी सुब्बा ‘सेफ जोन’मा, विष्णु रिमाल अझै असुरक्षित
काठमाडौं : एमालेको जारी मतगणनामा आधाभन्दा बढी मत गणना हुँदा अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता कायम राखेका छन्।
११ सय ३९ मत गन्दा ओलीले ८ सय ४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत मात्र पाएका छन्।
महासचिव पदमा शंकर पोखरेलले ६१३ मतसहित अग्रता बनाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन्। पाण्डेले पोखरेललाई ८७ मतले पछ्याइरहेका छन्।
उपाध्यक्षमा पाँच जना निर्वाचित हुनेमा पृथ्वी सुब्बा गुरुङले सबैभन्दा बढी ९०० मत पाएका छन्।
११ सय ३९ मत गन्दा शीर्ष ५ मा रहनेहरूमा गुरुङसहित विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त रहेका छन्। पन्तसँग प्रतिष्पर्धामा नजिक गुरु प्रसाद बराल छन्। पन्तले ६१७ मत पाउँदा बरालले ५८५ मत पाएका छन्।
तीन जना उपमहासचिवका लागि भएको प्रतिस्पर्धामा ओलीका विश्वासपात्र विष्णु रिमाल चौथो नम्बरमा देखिएका छन्। लेखराज भट्ट ७३४ मतसहित पहिलो स्थानमा रहँदा ७०९ मत ल्याएका योगेश भट्टराई दोस्रो र ६८९ मत ल्याएका रघुवीर महासेठ तेस्रो स्थानमा छ। रिमाल ५४० मतसहित चौथो स्थानमा छन्।
नौ जना सचिव पदका लागि महेश बस्नेत र पूर्वमन्त्री पद्मा अर्याल अगाडि छन्। बस्नेतले ७८३ मत ल्याउँदा अर्याल ७७८, छविलाल विश्वकर्मा ७६९, शेरधन राई ७६७, खगराज अधिकारी ६८०, हिक्मत कुमार कार्की ६७२, यमलाल कँडेल ६२६, राजन भट्टराई ५८१ र भानुभक्त ढकाल ५५२ मत पाएका छन्।
उनीहरूको पछि पछि गोकुल प्रसाद बास्कोटा ५२८ मत र ठाकुर गैरे ४६२ मतसहित प्रतिष्पर्धामा छन्।
पुष ३, २०८२ बिहीबार १२:३६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।