केन्टको अफर : टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डको खेल मुम्बईमा हेर्ने अवसर

केन्टको अफर : टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डको खेल मुम्बईमा हेर्ने अवसर

काठमाडौं : विश्वप्रसिद्ध पानी शुद्धीकरण ब्रान्ड ‘केन्ट मिनरल आरओ’ ले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै ‘म्याच रेडी विथ प्यूर वाटर’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकले सन् २०२६ को फेब्रुअरीमा मुम्बईको वानखेड़े स्टेडियममा हुने नेपाल र इंग्ल्याण्ड बिचको विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

विजेताले खेलको निःशुल्क टिकटसहित ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन ग्राहकले Kent [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] प्रोडक्टको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

पुष २, २०८२ बुधबार ११:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।