जेडटीईका दुई नयाँ स्मार्टफोन सार्वजनिक, शून्य प्रतिशत किस्ताबन्दीमा किन्न पाइने
काठमाडौं : जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन 'नुबिया एयर' र 'नुबिया भि८० डिजाइन' सार्वजनिक गरेको छ।
कम्पनीले ग्राहकको सहजताका लागि यी दुवै मोडेल शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध गराएको छ।
मात्र ५.९ मिलिमिटर मोटाइ रहेको यो स्लिम फोनमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले, गोरिल्ला ग्लास ७आई र पानी तथा धुलो प्रतिरोधक क्षमता छ।
एन्ड्रोइड १५ मा चल्ने यस फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, २० मेगापिक्सेल सेल्फी क्यामेरा र ३३ वाट चार्जिङसहित ५,००० एमएएच ब्याट्री छ। ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको यसको मूल्य रु. ३३,९९९ तोकिएको छ।
एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ५० मेगापिक्सेल एआई क्यामेरा र ५,००० एमएएच ब्याट्री (२२.५ वाट चार्जिङ) रहेको छ। यसको मूल्य ८/१२८ जिबी भेरियन्टको रु. १९,९९९ र ८/२५६ जिबी भेरियन्टको रु. २१,९९९ कायम गरिएको छ।
शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले यी फोनमार्फत स्लिम डिजाइन, टिकाउपन र उच्च प्रविधिलाई किफायती मूल्यमा उपभोक्तामाझ ल्याएको बताएका छन्। यी फोनहरू नेपालभरका आधिकारिक विक्रेताहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
पुष २, २०८२ बुधबार ११:२८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।