सज्जन महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा कमला ढुंगाना

सज्जन महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा कमला ढुंगाना

काठमाडौँ : सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कमला ढुंगाना गिरी निर्वाचित भएकी छिन्। सहकारीको १६ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा  ढुंगाना निर्वाचित भएकी हुन्।

उपाध्यक्षमा कमला खनाल बोगटी,सचिव गंगा लामा र कोषाध्यक्ष खुमा पाण्डे निर्वाचित भएका छन्। सदस्यहरूमा इन्द्र जमकटेल,सञ्जु चौधरी,चन्द्रमा अधिकारी,बबि अधिकारी र यमुना बस्नेतलाई निर्वाचित भएका छन्। साधारण सभाले गीतादेवी खतिवडाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ। समितिको सदस्यमा पूजा मल्ल ठकुरी र पवित्रा सिम्खडा जमकटेलाई चयन भएका छन्। 

संस्थाले साधारण सभामा ज्येष्ठ सदस्यतर्फ चन्द्र माया मानन्धर,बाल बचततर्फ सानवी शाही,नियमित बचततर्फ लक्ष्मी खत्री,उद्यमीतर्फ सलिना लामा,असल ऋणीतर्फ विवेक ढुंगाना र उत्कृष्ट वर्ष कर्मचारी सुमित्रा पाण्डेयलाई सम्मान गरेको थियो। 

संस्थाले हाल सेयर पुँजी  १ करोड ५९ लाख ६१ हजार ४ सय रुपैयाँ ,निक्षेपतर्फ ११ करोड ४५ लाख ४३ हजार ४ सय २८ रुपैयाँ,ऋण लगानी ९ करोड ५५ लाख ८३ हजार ८ सय रुपैयाँ र जगेडा कोषमा १ करोड १९ लाख २५ हजार ८ सय रुपैयाँ भएको जानकारी गराइएको थियो। संस्थाले हाल १६८९ सदस्यहरूलाई वित्तीय सेवा दिँदै आएको छ।     

पुष १, २०८२ मंगलबार २१:२२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।