एकै मञ्चमा ओली र ईश्वर : चुनावमा प्रतिस्पर्धा, सम्बन्ध सौहार्द
काठमाडौं : एक अर्का विरुद्ध प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दिनभरिको प्रचारबाट थाकेर एकै मञ्चमा देखिए। मतदान सुरु हुने समयसँगै उनीहरू मञ्चमा बसेका थिए। मञ्चमा दुबैबीच भलाकुसारी समेत भइरहेको थियो।
१० औँ महाधिवेशनमा एकै समूहमा रहेका ओली र पोखरेल ११ औँ महाधिवेशनमा प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए पनि सम्बन्ध भने सौहार्दै देखियो।
बेलुका ७ बजेबाट मतदान सुरु हुने भनिए पनि एक्कासि मतदानको समय सरेर बुधवार बिहान ८ बजे पुर्याइयो। मतदानको समय सार्नुको कारण प्राविधिक र चिसो मौसम देखाइयो।
पुष १, २०८२ मंगलबार २०:५६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।