हर्क साम्पाङका उपाध्यक्ष विस्फोटक पदार्थको मुद्दामा पक्राउ, बबरमहल विस्फोटका दोषीहुँदा विद्याबाट आममाफी
काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामा बबरमहल बम विस्फोटमा दोषी प्रमाणित भएको खुलेको छ। विश्वक्रान्ति, कुमार र देवराज लामाको उपनाम रहेका लामा २०६८ मा काठमाडौंको बबरमहलमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेर अदालतबाट दोषी ठहर भएका थिए।
सो घटनामा तीन जनाको मृत्यु भएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामालाई पक्राउ गरेको थियो।
अदालतबाट उनलाई १५ वर्ष कैद सजाय सुनाइएकोमा ७ वर्ष कैद कटेको आधारमा तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीले आममाफी दिएर उनलाई आठ वर्ष अगाडि नै कारागारमुक्त गरेकी थिइन्।
युक्त जातीय मुक्ति मोर्चालको नाममा २०६८ फागुन १७ मा गराएको विस्फोटमा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङको मृत्यु भएको थियो।
उनीविरुद्ध पाँचथरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा दर्ता खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार काठमाडौंको कपनमा पक्राउ गरेर पाँचथर पठाएको छ। उनीविरुद्ध २०६९ असारमा पाँचथरको भुसपातेमा विस्फोटक पदार्थ सहित पक्राउ परेका थिए।
बबरमहल घटनामा पाएको सजायको कटेपछि उनी २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसमा छुटेका थिए।
पुष १, २०८२ मंगलबार १८:५९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।