एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान
काठमाडौं : एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान अब साँझ ७ बजेबाट सुरु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका संशोधन गर्दै मतदानको समय साँझ ७ बजेका लागि सारेको हो।
संशोधित तालिकाअनुसार, मतदान प्रक्रिया २०८२ पुस १ गते (मंगलबार) साँझ ७ बजेदेखि सुरु भई भोलिपल्ट बिहान १ बजेसम्म चल्नेछ। महाधिवेशन प्रतिनिधिहरूले अब रातभर जाग्राम बसेर पार्टीको नयाँ नेतृत्व छान्नेछन्।
आयोगका सचिव डा. कुन्साङ लामाले मतदान कार्य सम्पन्न हुनासाथ महाधिवेशन स्थलमै मतगणना सुरु गरिने जानकारी दिएका छन्। पार्टीको विधान र निर्वाचन नियमावलीको अधीनमा रही यो नयाँ कार्यतालिका तय गरिएको आयोगले जनाएको छ।
पुष १, २०८२ मंगलबार १७:०८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।