कानुन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

कानुन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं : राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। निर्वाचन लगायतका विषयमा दलहरूसँग संवाद गर्न सरकारले समिति गठन गरेको हो।

 सोमबार  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो।

मंसिर २९, २०८२ सोमबार १६:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।