महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्रले भने "एमालेमा चुनावै हुन्न भन्ने चिर्न उम्मेदवारी"

महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्रले भने

काठमाडौँ : ईश्वर पोखरेल समूहबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डेले एमालेमा लोकतन्त्र छैन, यसमा चुनावै हुन्न भन्ने भ्रम चिर्न आफूले उम्मेदवारी दिएको बताए। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेमा लोकतन्त्र विधि छ भन्ने पुनर्पुष्टीका लागि आफूहरू निर्वाचनमा प्रतिस्पर्धा गर्न उत्रिएको बताए।

उनले पार्टीको रूपान्तरण र लोकतान्त्रिक अभ्यासका लागि आफू उम्मेदवार बनेको बताए। केपी ओली समूहले महासचिवमा शंकर पोखरेललाई अगाडि बढाएको छ।

मंसिर २९, २०८२ सोमबार १६:२५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।