युवराज ज्ञवालीले भने “अध्यक्षमा इश्वरलाई समर्थन गरेकाले उपाध्यक्षमा तेस्रो पटक उम्मेदवार बन्न मन लागेन”

युवराज ज्ञवालीले भने “अध्यक्षमा इश्वरलाई समर्थन गरेकाले उपाध्यक्षमा तेस्रो पटक उम्मेदवार बन्न मन लागेन”

काठमाडौं : १० औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवालीले एकै पदमा दुई पटक भन्दा बढी बस्नुहुन्न भन्ने मान्यताका आधारमा आफूले उपाध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेको बताए। ११ औँ महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दुई पटक उपाध्यक्ष भइसकेको र उम्मेदवारी दिए अध्यक्षमा दिनुपर्ने तर अध्यक्षमा ईश्वर पोखरेललेलाई अगाडि बढाएकाले अब कुनै पदमा उम्मेदवारी नदिने बताए।

“लोकतन्त्रमा एकै व्यक्ति पटक पटक एकै पदमा दोहोरिनु हुन्न। एकै पदमा दुई कार्यकाल बस्ने र त्यसपछि अर्कोलाई छाड्नुपर्ने भन्ने मेरो मान्यता हो,” उनले भने “सरकार र पार्टी दुबैमा यो लागु हुनुपर्छ भन्ने मान्यतामा अडिँदै तेस्रो पटक उपाध्यक्षमा उम्मेदवारी दिन चाहिन।”

उनले शारीरिक र मानसिक रूपमा आफू सक्षम भए पनि आफ्नो मान्यताका आधारमा कुनै पनि कार्यकारी पदमा उम्मेदवारी नदिने निर्णय गरेको बताउँदै उनले भने “उपाध्यक्षमा उम्मेदवारी तेहेराउन मन लागेन। त्यो भन्दा माथि जान पाइयो। कि म अध्यक्षमा जानुपर्थ्यो। तर अध्यक्षमा ईश्वर पोखरेललाई मेरो पनि समर्थन रहेकाले कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय गरेँ।”

उनले एकै पदमा दुई पटक भन्दा बढी नउठ्ने, कि माथिल्लो पदमा जाने कि अवकाशमा जाने भन्ने पार्टीमा व्यापक छलफल गरेर पास गरिएको हो। तर बिचमा आएर तोडमोड गरियो। त्यसमा मेरो असहमति छ।”

मंसिर २९, २०८२ सोमबार १६:१६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।