संगठनलाई गतिशील र अनुशासित बनाउनुपर्छ : पद्मा अर्याल
काठमाडौं : एमाले सचिव पद्मा अर्यालले पार्टीको लक्ष्य र राष्ट्रिय अभिभारा पूरा गर्न संगठनलाई चुस्त-दुरुस्त राख्नुपर्ने बताएकी छन्। पार्टीको महाधिवेशन स्थलमा तपाईंको उम्मेदवारी किन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले पार्टीको लक्ष्य पुरा गर्ने जिम्मेवारी दिन आफू अघि सकेको बताइन्।
संगठनलाई बलियो, गतिशील र अनुशासित नबनाई पार्टीले लिएका राजनीतिक उद्देश्य पूरा नहुने उनको तर्क छ। पार्टी र जनताका अभिभारा पूरा गर्ने पार्टीको लक्ष्यलाई सार्थकता दिनु आफूहरूको जिम्मेवारी भएको उनले भनिन्।
उनले भनिन्, 'लक्ष्य प्राप्त गर्नको निम्ति अगाडि बढ्ने कार्ययोजना बनाउने माध्यम भनेको संगठन हो। त्यसैले त्यो संगठनलाई गतिशील, व्यवस्थित, अनुशासित बनाउन र हाम्रा राष्ट्रिय अभिभाराहरू पूरा गर्ने, पार्टीसित जोडिएका अभिभारा पूरा गर्ने, जनताका अभिभारा पूरा गर्ने पार्टीको जे लक्ष्य हो, त्यही लक्ष्य पुरा गर्ने हाम्रो जिम्मेवारी हो।'
अर्यालले पुनः सचिव पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। अध्यक्ष केपी शर्मा ओली पक्ष उनलाई आफ्नो समूहबाट पुनः सचिव पदमा अघि सार्न लागेको छ।
मंसिर २९, २०८२ सोमबार १६:१२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।