नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग हो : गोकर्ण विष्ट
काठमाडौं : एमालेका सचिव तथा उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएको बताएका छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै विष्टले पार्टीलाई सामूहिकतामा र विधि-पद्धतिमा चलाउन आफूहरूले उम्मेदवारी दिएको स्पष्ट पारे।
‘नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग र जनअपेक्षा हो। पार्टीलाई नयाँ परिवर्तित एजेन्डा र युवाहरूको चाहना अनुसार अगाडि बढाउनुपर्छ भन्ने प्रतिनिधिहरूको सुझाव छ’, विष्टले भने।
उनले प्रतिस्पर्धापछि पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाए। ‘प्रतिस्पर्धापछि हामीले सबै कमरेडहरूलाई समेटेर पार्टीलाई बलियो बनाउने गरी जान्छौँ’, उनले भने।
विधान संशोधनका विषयमा भने उनले अब यो विषय टुङ्गो लागिसकेकाले थप टिप्पणी गर्न नचाहेको बताए।
मंसिर २९, २०८२ सोमबार १२:२४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।