‘टियागो इभि कार्टनिभल’ सम्पन्न : आशिम र समय्याले जिते पीएस ५

‘टियागो इभि कार्टनिभल’ सम्पन्न : आशिम र समय्याले जिते पीएस ५

काठमाडौं : सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर-विद्यालय चित्रकला प्रतियोगिता ‘टियागो इभि कार्टनिभल’ सम्पन्न भएको छ। प्रतियोगिताका दुई विधाका उत्कृष्ट विजेतालाई पुरस्कार स्वरूप ‘प्लेस्टेसन ५’ प्रदान गरिएको छ।

प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाइस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन्। दुवै प्रथम विजेताले पीएस ५ प्राप्त गरेका हुन्।

१० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थी सहभागी भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो। गत मंसिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन भएको थियो भने पुस २८ गते उत्कृष्ट कलाकृतिको प्रदर्शनीसहित पुरस्कार वितरण गरिएको हो।

प्रतियोगिताको जुनियर समूह (कक्षा ५-८) मा काठमाडौं यूरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेसनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोगकी आश्वी घले पाँचौं भए।

त्यसैगरी, सिनियर समूह (कक्षा ९-१२) मा बुढानिलकण्ठ स्कुलकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय हुन सफल भएका छन्।

कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल प्रमुख सावन्त जंग सिजापति लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

मंसिर २९, २०८२ सोमबार ०९:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।