२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो ‘एक्स ३०० प्रो’ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
काठमाडौं : भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘भिभो एक्स ३०० प्रो’ सार्वजनिक गरेको छ।
व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित कम्पनीले सोमबारदेखि यो फोन बजारमा ल्याएको हो।
अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र नयाँ सफ्टवेयर अनुभव समेटिएको यो फोन भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन भएको कम्पनीको दाबी छ।
‘एक्स ३०० प्रो’ को मुख्य आकर्षण यसको क्यामेरा हो। यसमा २०० मेगापिक्सेलको जाइस एपीओ टेलिफोटो क्यामेरा रहेको छ, जसले टाढाका दृश्यलाई पनि स्पष्ट रूपमा कैद गर्न सक्छ।
साथै, एलवाईटी-८२८ सेन्सरसहितको जाइस गिम्बल-ग्रेड मुख्य क्यामेराले कम प्रकाशमा पनि उत्कृष्ट फोटो तथा भिडियो खिच्न मद्दत गर्छ। सेल्फीका लागि ५० मेगापिक्सेलको जाइस वाइड-एङ्गल फ्रन्ट क्यामेरा दिइएको छ।
क्यामेराको क्षमता बढाउन यसमा प्रो इमेजिङ चिप भिएस१ र डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ। फोनमा जाइस मास्टर कलर डिस्प्ले र १.१ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेलले हेर्दा आकर्षक देखिन्छ।
डाइमेन्सिटी ९५०० प्रोसेसर जडान गरिएको यो फोनमा ६५१० एमएएचको शक्तिशाली ब्लुभोल्ट ब्याट्री रहेको छ। यसलाई चार्ज गर्न ९० वाटको फ्ल्यासचार्ज र ४० वाटको वायरलेस चार्जिङ सुविधा उपलब्ध छ।
यस फोनमार्फत भिभोले नेपालमा पहिलो पटक ‘ओरिजिन ओएस ६’ अपरेटिङ सिस्टम भित्र्याएको छ। एआई प्रणालीमा आधारित यो ओएसले प्रयोगकर्तालाई सहज अनुभव दिने बताइएको छ।
सुरक्षाका लागि यसमा आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर रहेको छ।
फ्यान्टम ब्ल्याक र ड्युन ब्राउन रङमा उपलब्ध भिभो एक्स ३०० प्रोको मूल्य एक ला ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यो स्मार्टफोन आजदेखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
मंसिर २९, २०८२ सोमबार ०९:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।