गोरखा ब्रुअरी र खालिसीसीबीच सहकार्य : शिशाका बोतल पुनःप्रयोग गरिने
काठमाडौं : गोरखा ब्रुअरी (कार्ल्सबर्ग समूह)ले फोहोर व्यवस्थापन कम्पनी खालिसीसीसँगको सहकार्यमा ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ नामक अभियान सुरु गरेको छ।
यो अभियानअन्तर्गत बार तथा रेस्टुरेन्टहरूबाट प्रयोग भइसकेका शिशाका बोतलहरू खालिसीसीमार्फत संकलन गरी पुनःप्रयोगमा ल्याइनेछ।
यस सहकार्यले व्यावसायिक क्षेत्रको फोहोर व्यवस्थापनलाई सहज बनाउने, शिशाका बोतलहरू ल्यान्डफिलमा जानबाट रोक्ने र वातावरण संरक्षणमा टेवा पुर्याउने कम्पनीले जनाएको छ।
मंसिर २९, २०८२ सोमबार ०९:०८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।