आजको मौसम : पश्चिमी वायुको प्रभाव, चार प्रदेशका उच्च भेगमा आंशिक बदली

आजको मौसम : पश्चिमी वायुको प्रभाव, चार प्रदेशका उच्च भेगमा आंशिक बदली

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ।

यी क्षेत्र बाहेक देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने सम्भावना छ।

राति देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

मंसिर २९, २०८२ सोमबार ०८:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।