गोकर्णेश्वरको मेयरहुँदा भ्रष्टाचार गरेको दाबीसहित सन्तोष चालिसेविरुद्ध मुद्दा
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको मेयरहुँदा गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सन्तोष चालिसेमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएका थिए। मेयरको कार्यकाल सकिएपछि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
विघटित प्रतिनिधिसभाको अर्थ समितिका सभापति रहेका उनीमाथि आइतबार अख्तियारले भ्रष्टाचार मुद्दा लगेको हो। आठ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका उनको चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध रहेको भन्दै अख्तियारले विशेष अदालतमा उनीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा समेत लगेको छ।
अभियोग पत्रमा उनले ३ करोड ६८ लाख रुपैयाँको स्रोत खुलाउन नसकेको दाबी गरिएको छ। आइतबार दायर मुद्दामा सन्तोषसँगै उनको श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जीव चालिसे र बुहारी प्रमीला पोखरेललाई सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादी बनाएको छ।
मंसिर २८, २०८२ आइतबार १८:२२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।