ईश्वर पोखरेल समूहका अष्टलक्ष्मी र युवराज उम्मेदवार नबन्ने
काठमाडौं : ईश्वर पोखरेल समूहका नेता युवराज ज्ञवालीपछि अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवार नबन्ने घोषणा गरिन्। पार्टीको ११ औँ महाधिवेशनमा पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार मानिएका दूबैले चुनावी प्रतिष्पर्धामा सहभागी नहुने घोषणा गरे।
दुवै १० औँ महाधिवेशनका उपाध्यक्ष हुन्। विधान संशोधनका लागि बसेको केन्द्रीय समिति बैठकमा दूबै नेताले पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। अष्टलक्ष्मीले ७० वर्षपछि पार्टीको पदाधिकारी नहुने सहमतिअनुसार उम्मेदवार नबन्ने बताइन्। तर पार्टीले विधान संशोधन गरेर सो प्रावधान हटाइसकेको छ।
ज्ञवालीले भने उम्मेदवार नबन्नुको कारण नखुलाई ११ औँ महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेका थिए। ईश्वर पोखरेल समूहमा उम्मेदवार व्यवस्थापनमा समस्या छैन। उता ओलीको समूहमा भने आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या थप्ने निर्णय भएको छ।
बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय, पदाधिकारी १९ र पोलिटब्युरो ९९ सदस्यीय तथा स्थायी कमिटी एक तिहाइ रहने निर्णय गरेको छ।
मंसिर २८, २०८२ आइतबार १४:३२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।